कारोबार साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *