ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =