सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सर्वसम्मतिले पारित
२०८१ जेठ २९ गते

काठमाडौँ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
मङ्गलवारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो प्रस्तावमाथि सांसदहरूले सामान्य छलफल गरी सर्वसम्मतिले पारित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
२०८१ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








