एलिनाले रुँदै बनाएको भिडिओले खैलाबैला, गालामा डाम !

काठमाडौं । गायिका एलिना चौहानको बिहे भएको लामो समय भएको छैन । विवाहपछि एलिना अष्ट्रेलियामा छन् आफ्नो पती विष्णु सापकोटासँगै । अष्ट्रेलियामा उनले गीत रेकर्ड गराउने, रिल्सहरु बनाउने लगायतका विभिन्न कार्यक्रम गरिहरेकी छन् ।

यसै सन्दर्भमा एलिना चौहानले एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनको यो भिडिओले उनका फ्यानहरू अच्चममा परेका छन् ।

भिडिओमा देखिए अनुसार उनी रोइरहेकी छन् र उनका अनुहारमा राता डामहरू छन् । भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका कारण उनका फ्यानहरूलाई चासो र चर्चाको विषय बन्न पुगेको छ ।

उसो त, अनुहारमा देखिएका राता डाम नक्कली पनि हुन सक्छन् र रोइरहेको भिडिओ उनको अभिनय पनि हुन सक्छ । तर, उनले पोष्ट गरेको भिडिओमा लेखिएको क्याप्सन भने पक्कै अभिनय होइन । एलिनाको गीत चयन र लेखेको क्याप्सन अर्थपूर्ण छ ।

एक भारतीय गीतमा बनाइएको भिडिओको क्याप्सनमा एलिनाले लेखेकी छन्– ‘एउटा वास्तविक पुरुषले तपाईँलाई त्यस बेला पनि सम्मान गर्छ, जब उ तपाईँप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

यस्तै उनले अर्को भिडिओमा लेखेकी छन्, ‘हेपाइ सहनका लागि कारण होइन प्रेम । राम्रो गीत ।’

एलिनाले कसलाई लक्षित गरेर लेखेकी हुन् भन्ने प्रष्ट छैन । तर, उनको यस्तो भिडियो र पोस्टले फ्यानहरूमा खैलाबैला सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *