चिनियाँ नागरिकबाट ६९ लाख बरामद

भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चारजना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

बुधबार सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि उनीहरूलाई आन्तरिक राजस्व कार्यालय भक्तपुर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =