मधेस प्रदेश सरकारबाट बाहिरिने नेकपा एसको निर्णय
२०८१ जेठ २२ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट मधेस सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नेकपा (एकिकृत समाजवादी) पार्टीको सरकारबाट बाहिरिने निर्णय गरेसँगै एकीकृत समाजवादीका मन्त्रीहरु मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुग्दा मुख्यमन्त्री यादव निवासबाट बाहिरिएका छन् ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली मुख्यमन्त्री यादवलाई राजिनामा बुझाउन प्रतिक्षा गरिरहेका छन् ।
मुख्यमन्त्री नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेरै मन्त्रीद्वयले बताएका छन् । एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि बुधबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादवका लागि संकट बढ्दै गईरहेको छ ।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








