मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, रञ्जितालाई पर्यटन मन्त्री बनाउने आश्वसन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।

दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन्।

नागरिक उन्मुक्तिलाई पर्यटन मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ। उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्री बनाउने प्रधानमन्त्रीले आश्वसन दिएको उनले बताएकी छन्।

नागरिक उन्मुक्तिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर यो पार्टी सरकारमा भने सहभागी भएको छैन। सरकारमा सहभागी गराउन उनले माओवादीले नै लिइरहेको पर्यटन मन्त्रालय दिने आश्वसन दिएका हुन्।

यस्तै प्रधानमन्त्री प्रचण्डले अन्य केही मन्त्रालय पनि हेरफेरको तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =