संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन पेस

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१) प्रतिनिधि सभा बैठकमा पेस गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उनले सो विधेयकको प्रतिवेदनमा पेस गरेका हुन् । संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषद्को कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताए । उनले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =