संसद् खुल्दा सांसद गायब, कुर्सी खाली (तस्बिरहरु)

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठकमा सांसदहरूको पुरानै प्रवृत्ति दोहोरिएको छ । उदाहरण हो( आज (सोमबार)को बैठकमा सांसदहरूको न्यून उपस्थिति छ । कुर्सी खाली छन् ।

११ बजे बैठक सुरु हुँदा न्यून सङ्ख्यामा सांसदको उपस्थिति देखिएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि छलफल चलिरहेको छ तर महत्वपूर्ण छलफलमा सांसदहरू नआउने प्रवृत्ति पुरानै देखिएको हो ।

संसदभन्दा ठूलो देशमा कुनै निकाय नै हुँदैन । त्यो हुँदा यो लोकतान्त्रिक मुलुकको सुन्दर र गरिमामय सभा पनि हो । गरिमामय व्यवस्था हो ।

तर, विडम्बना यसरी भाषण गर्ने सांसदले नै संसदको गरिमा र मर्यादा कायम गर्न सकेका छैनन् । संसद बैठकमा उपस्थित नै नहुने वा हाजिर गरेर ‘कुलेलम ठोक्नु’ उनीहरूको प्रवृत्ति नै बनेको छ ।

संसदमा उपस्थिति भए पनि विकेन्द्रित बहसमा सहभागी नहुने । आफू बोल्ने र अरू बोलेको बेला बाहिरिएर चमेनागृहतिर चिया चुरोटमा बरालिने, सर्कल बनाएर गफिने, घाम ताप्ने, आफूले बोल्दा पनि दलगत व्यर्थका आरोप-प्रत्यारोप र गन्थनमा महत्वपूर्ण समय बर्बाद पार्ने गरेको कतिपयको तर्क छ ।

प्रतिक्रिया

One thought on “संसद् खुल्दा सांसद गायब, कुर्सी खाली (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *