हावाहुरीका कारण हवाई उडान प्रभावित
२०८१ जेठ १७ गते

बिहीबार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ । विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भएको बताए।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि हावाहुरीका कारण झापा हिँडेको आफू समस्यामा परेको बताएका छन्।
‘के हुन लाग्यो ? झापा उडेको झापा अवतरण हुन सकेन । काठमाडौँ फर्केको काठमाडौँमा पनि अवतरण गर्न मिलेन अब जनकपुर रे’, उनले फेसबुकमा लेखेका छन्।
२०८१ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








