कैलाश सिरोहिया हाजिर जमानीमा छुटे
२०८१ जेठ १६ गते

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए ।
सरकारी वकिल कार्यालयले उनलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको छ । निर्णयको पत्र काठमाडौँमा पठाइएको छ । छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।
उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ ।
२०८१ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








