सिरोहियाको पक्षमा अपर्झट बोल्दा गल्ती भयो,माफी दिनुस् : मह जोडी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा धारणा व्यक्त गर्दा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले चर्को आलोचना खेप्नु पर्‍यो।

नागरिकता दुरुपयोग आरोपमा पक्राउ परेका सिरोहियालाई पक्राउ गर्नु गलत रहेको भन्दै धारणा व्यक्त गरेपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक कमेन्ट गरेका थिए ।

आलोचना बढ्दै गएपछि मह जोडीले माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आचार्य र श्रेष्ठले माफी मागेका हुन् ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए पनि हुन्थ्यो । तपाईँहरूले हामीलाई यति समयसम्म साथ दिनु भयो । अब पनि सबै कुरालाई बिर्र्सिससएर हामीलाई माफी दिनुहोला,’ दुवै जनाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *