१५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते काँग्रेसले संसदमा विरोध गरेपनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताए ।

उनले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको बताए । उनले नेपाली काँग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताए ।

उनले नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्नुपर्ने बताए । उनले काँग्रेसले संसदको अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि संसदभित्रबाट ल्याउने बताए ।

उनले सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खाजेको बताए ।

उनले प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *