कांग्रेसको अवरोधलाई औचित्यहिन भन्दै डा.स्वर्णिमले गरे खेद प्रकट (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

आईतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको भन्दै आगामी वर्षको बजेट अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी ल्याउन आवश्यक रहेको बताए ।

उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे ।

उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको व्यवस्थान गर्न र सामाजिक रुपान्तरणकारी बजेट ल्याउन आग्रह गरे ।

उनले पूर्वाधारको शिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीति देखि लिएर १६ औं पञ्चवर्र्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आउनुपर्ने बताए ।

उनले काँग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गर्नुभयो । उहाँले नेपाली काँग्रेसले विश्वश्वरप्रसाद (बिपी) कोईराला ले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पु¥याउन लज्जास्पद र औचित्यहिन बिरोधप्रति गरेको बताए ।

उनले नेपाली काँग्रेसले सहकारीको विषयलाई उठाएर समाधान भन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *