छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । पाँचथर, हिलिहाङ गाउँपालिका–७ हेवाखोलास्थित सडकमा ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा.१७ च ७९९९ नम्बरको गाडीको अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगंज घर भएका ३५ वर्षीय श्याम बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनालाई थप उपचारको लागि झापातर्फ रिफर गरिएको छ ।
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख १६७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–२ जितगढीस्थित सडकमा प्र.३–०२–००२ प २०३६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका–४ जन सेवा चोकमा भैरहवादेखि बुटवलतर्फ जाँदै गरेको लु।३१ प १६४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने २४ वर्षीय बिबेक डुम्रेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–३ मैतास्थित सडकमा लु.४४ प १३१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देही सैनामैना नगरपालिका–५ गडवा बस्ने २३ वर्षीय कुमार थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








