लेकसाइडको स्पाबाट गरियो पाँच बालिकाको उद्धार
२०८१ जेठ १२ गते

सांकेतिक तस्बिर
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा (मसाज) सेन्टरले बालिकालाई काम लगाउने गरेको फेला परेको छ । स्पामा काममा लगाइएका ५ जना बालिकाको शुक्रबार उद्धार गरिएको हो ।
नेक्टर इको स्पाबाट ३ जना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । बालिकाको उद्धार गरेर थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
२०८१ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








