पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु , ३ जनाको उद्धार

पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका ८ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ। लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *