प्रधानमन्त्रीले विश्वासको मत लिँदा जे देखियो …(तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गरेका हुन् ।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो ।

प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *