राइटपाथको चितवन ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’को तयारी पूरा

काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले पत्रकार सम्मेलन गर्दै भोलि हुने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ आज हेटौँडामा गर्दैछ । राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलकाअनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको व्यवस्था छ ।

यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँमै गर्न सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *