विश्वकप खेल्न पाउलान् सन्दीप लामिछाने ?
२०८१ जेठ २ गते

काठमाडौं । क्रिकेट सन्दीप लामिछानलाई टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।
उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।
अदालतबाट सफाइ पाएका लामिछानेले क्रिकेटमा फर्किने बाटो खुलेको हो ।
जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो । उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्नसक्नेछ ।
२०८१ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








