सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएपनि हेर्दाहेर्दैमा राखिएको हो ।

उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा पेशी तोकिएको थियो । पहिलो नम्बरमै परेको पेसीमा बिहान ११ बजेदेखि नै बहस भइरहेको थियो ।

न्यायाधीशले बहस टुंग्याएर आजै फैसला गर्ने तयारी रहेका थिए । तर, अन्तिम समयमा बहस नसकिँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालतले जनाएको छ ।

अब भोलि यही इजलासमा लामिछानेको मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । समेसम्म भोलि नै फैसला आउन सक्छ ।

जिल्ला अदलत काठमाडौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ । उक्त फैसला बदर गरेर आफूलाई सफाइ दिनु पर्ने सन्दीपको माग छ । सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।

प्रतिक्रिया

2 thoughts on “सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =