अज्ञात समूहले विद्यार्थी र स्टाफलाई उतार्दै स्कुल बसमा लगायो आगो, मोबाइल नियन्त्रणमा लिएर फरार

काठमाडौं । चितवनमा स्कुल बसमा आगजनी गरिएको छ । चितवनको भरतपुर महानगरपालिका-२०, दद्रेनीमा रहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुलको बसमा बिहान आगो लगाइएको हो ।

चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर विद्यालयले जनाएको छ । तीनवटा मोटरसाइकलमा आएका उनीहरुले बसमा रहेका विद्यार्थी र बस स्टाफलाई उतार्दै मोबाइल नियन्त्रणमा लिएर पेट्रोल छर्किएर आगो लगाएका हुन् ।बस जले

र पूर्ण रुपमा क्षति भएको छ । भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको र आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *