खेलकुदमन्त्री भन्छन्– मन्त्रालयको बजेटले लुँडो र चेस मात्रै खेलाउन सकिन्छ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन् ।

‘अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो र चेस नै हो । लगायत बागचालका खेलहरु मात्रै हुन् । नारायणी रंगशाला वीरगञ्जको अवस्था जिर्ण छ’उनले भने, ‘दशरथ रंगशाला त्यस्तै छ । समयसापेक्ष हिसाबले खेलकुद कहाँ पुगिसक्यो । पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन । बजेटको अभाव हो ।’

उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताए ।

उनले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको बताए । उनले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

उनले भने– ‘समय सापेक्ष पनि हुन सकिरहेको छैन । नीतिगत रुपमा नै सुधार गर्नको लागि मन्त्रालयले खेलकुद परिषद्लाई स्पष्ट निर्देशन दिएको, रंगाशाला सञ्चालन, प्रयोग तथा मर्मत कार्यविधि बनाई सकेको छ परिषद्ले । त्यसलाई आगामी बोर्ड बैठकमा अनुमोदन भएपछि व्यक्तिले होइन कुनै विधिले रंगशाला राम्रोसँग कार्यान्वनय हुने काम भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *