अशोक राई नेतृत्वको जसपा आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

आइतबार जसपाका ७ सांसदसहित बहुमत सदस्यहरुको हस्ताक्षरसहित राईको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

उनीहरुको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ,’ प्रवक्ता पौडेलले भने ।

आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र ‘जनता समाजवादी पार्टी’ लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *