जसपा फुटेपछि उपेन्द्रले आकस्मिक बोलाए संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटेपछि अध्यक्ष उपेन्द्र यादवले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् ।

आफू कतारमा रहेकै बेला नेपालमा पार्टी सिङ्गो नरहेको थाहा पाएपछि यादवले कतारबाटै बैठक बोलाएको जसपा प्रवक्ता मनिष सुमनले बताए ।

सोमबार बेलुका फर्किने तयारीमा रहेका यादवले कतारबाटै सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहानका लागि बैठक बोलाएका हुन् ।

न्युयोर्कमा आयोजना भएको विश्व जनसङ्ख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादव आइतबार उतैबाट कतार पुगेका थिए ।

उनी विदेशमा हुँदै अशोक राईको नेतृत्वमा पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईको नेतृत्वमा जसपाका ७ सांसद नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन दिन पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *