Splitsvilla १५ का प्रतियोगी डिकिला शेर्पामाथि अपरिचित व्यक्तिद्वारा कुटपिट

काठमाडौँ । भारतीय टेलिभिजन डेटिङ रियालिटी शो MTV Splitsvilla १५ का प्रतियोगी डिकिला शेर्पामाथि कुटपिट भएको छ ।

MTV Splitsvilla १५ कै प्रतियोगी र उनका प्रेमीसमेत रहेका अनिकित पाख्रिन लामाले आइतबार इन्ट्राग्राम लाइभ भिडिओमा डिकिला शेर्पामाथि कुटपिट भएको बताएका हुन् । उनले उक्त लाइभमा डिकिलामाथि कुटपिटको गरिएको भिडिओ पनि देखाएका थिए ।

भिडिओमा सेतो टिसर्ट लगाएका एक पुरुषले उनीहरूमाथि कुटपिट गरेको प्रष्टै देखिन्छ छ ।

डिकीलाले लाइभ भिडिओमा शनिवार ब्याङलोरमा सनब्रन कम्पनीले आफूलाई भिआईपि गेष्टको रुपमा बोलाएको र त्यसै क्रममा उनलाई र उनका साथिलाई एक अपरिचित व्यक्तिले कुटपिट गरेको बताएकी छन् ।

डिकीलाले भारतकै ब्याङलोरमा नेपालीहरूको अनुहार देख्ने बित्तिकै यस किसिमको दुर्व्यवहार गरिने बताइन् । उनका अनुसार उक्त घटनापछि उनले त्यहाँका प्रहरीलाई पनि सम्पर्क गर्ने प्रयास गरेकी थिइन् । तर प्रहरीले कुनै प्रतिक्रिया नदिएको बताइन् ।

अनिकितले लामो समयदेखि नेपालीहरूमाथि यस्ता घटनाहरू हुँदै आएको र यस्ता विषयलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले सिक्किममा आउने पर्यटकहरूलाई कहिल्यै पनि त्यस्ता दुर्व्यवहार नगरिएको बताए ।

उनले सिक्किम र भारतका सरकारी उच्च तहका व्यक्तिहरूलाई यसबारे गम्भीर हुन र दोषीलाई कारबाही गर्न माग गरेका छन् भने भारतमै रहेका उत्तरी सीमाका जनताहरूलाई यस विषयमा एकजुट आवाज उठाउन अनुरोध गरेका छन् ।

MTV Splitsvilla पन्ध्रौँ सिजनमा सन्नी लियोन र तनुज विरवानी होस्ट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *