उपनिर्वाचन

इलाम क्षेत्र नम्बर २ मा ४० प्रतिशत मतदान

इलाम । इलाम क्षेत्र–२ मा भइरहेको उपनिर्वाचनमा ४० प्रतिशत मतदान भएको छ ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे मकालुखबरलाई जानकारी दिए ।

उनले केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको बताए ।

बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *