नेपाल सरकार र स्वीजरलाण्डबीच पर्यटन विकास परियोजना सुरु गर्ने सम्झौता

काठमाडौँ । नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीजरलाण्ड राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए ।

उनले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९।०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए । उनले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने बताए । उनले कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिब २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताए ।

उनले भने ‘एकीकृत पर्यटन विकाससँग सम्बन्धित आयोजनामा हामीले सम्झौता गरेका छौँ । १६ मिलियन सिएचएमको र ९।०१ मिलियन डलर स्वीजरल्याण्ड सरकारबाट अनुदान प्राप्त हुन्छ । यो आयोजनाले सन् २०२८ सम्ममा चल्छ । कोशी प्रदेश अन्तर्गतका २९ स्थानीय तह कभर गर्छ । अहिलेसम्म १६ पदमार्गको खाका तयार भएको छ ।

त्यसबाट १ लाख नागरिकले प्रत्यक्ष लाभ लिने आयोजनामा मूल्याङ्कन छ । स्थानीय उत्पादन,स्थानीय अर्थतन्त्र,स्थानीय रोजगारी सिर्जनामा र स्थानीय साना तथा मझौला उद्यमहरूको विकासमा पनि सहयोग पुग्छ । यो सम्झौताले मुलुकको पर्यटन क्षेत्रमा योगदान पुर्याउँछ । कार्यान्वयन लागि तीनै तहका सरकार सहकार्यमा स्वीज सरकार समन्वयात्मक रुपमा गरिने छ । सहजपुरमा कार्यान्वयन हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए । उनले कोशी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुङ्गा साबित हुने विश्वास रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *