सभामुखसँग संसद सञ्चालन गर्नुको विकल्प थिएन : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् ।

उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे । उनले कार्यदलले संसदीय छानविन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद बैठक रोक्नुपर्ने कारण नभएको बताए ।

उनले संसदभित्रको समस्याहरुलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भ¥याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे ।

उनले भने – ‘संसदको नियमित कामहरु पनि अगाडी नबढेको र संसद स्थगित भएका तमाम घटनाहरु छन् । अन्तिमसम्म त प्रयास गर्नुभयो त सभामुखले । गर्दाखेरी पनि नभएपछि त योभन्दा अर्को विकल्प सभामुखसँग थियो भन्ने मलाई लाग्दैन । कार्यादेशको सम्बन्धमा कार्यदलले छलफल गरिराखेको छ । यसलाई निष्कर्षमा पु¥याउने भनेर सकारात्मक ढंगले छलफल चलिरहेको सन्दर्भमा संसदको सारा कुरा रोक्नुपर्ने कारण के छ ? असहिष्णु बन्नुपर्ने कारण के छ ? काँग्रेसले यस विषयमा साच्नु पर्दैन ? त्यसकारण म नेपाली कांग्रेसलाई फेरि पनि आग्रह गर्न चाहन्छु, संसदभित्रका सारा समस्याहरुलाई छलफलबाट समाधान गरौँ । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर छलफल गरौँ । हामीले उठाएका मुद्दाहरु देश र जनताको हितमा हुनुप¥यो । देश र जनताका मुद्दा हुनुप¥यो । हाम्रो सत्ताका भ¥याङ बनाउनका लागि, स्वार्थहरु पुरा गर्नका लागि यस्ता मुद्दाहरु कसैले पनि उठाउनु हुँदैन र त्यस्ता विषयहरुलाई बोकेर हिँड्नु हुँदैन भन्ने मेरो दृढताका साथ आग्रह छ ।’

मन्त्री गिरीले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि(मंगलवार) बस्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *