मन्त्री लेखीद्वारा महोत्तरी जिल्लास्थित नेपाल- भारत सीमा नाकाको अनुगमन

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले महोत्तरी जिल्लास्थित नेपाल—भारत सीमा नाकाको अनुगमन गरेका छन् ।

मन्त्री लेखीले बिहीबार महोत्तरी जिल्लास्थित भारतीय सीमासँग जोडिएको भिठामोड तथा सम्सी नाकाको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा मन्त्री लेखीले सीमा नाकाको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी समेत लिए ।

पछिल्लो समय मधेस प्रदेशमा विभिन्न आपराधिक क्रियाकलापमा भारतीय सीमा नाकाको प्रयोग गरिएको पाइएकाले सीमा नाकाको अवस्थाबारे बुझ्ने उद्देश्यले निरीक्षण तथा अनुगमन गरेको जानकारी दिए । उनले सीमा नाकामा हुने गरेका चोरी निकासी, आपराधिक क्रियाकलाप, लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि चाल्न सकिने कदमका बारेमा समेत विचार विमर्ष गरिएको बताए ।

भीठामोड तथा सम्सी नाकाको अनुगमन गरेका मन्त्री लेखीले दुवै नाकामा राजश्व संकलन ८५ प्रतिशत भन्दा बढी भएको जानकारी दिए । यसका साथै शान्ति सुरक्षाको स्थिति समेत राम्रो पाएको उनले बताए । यद्यपि सीमानाका चोरी निकासी, लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरूलाई आफूले निर्देशन दिएको बताए ।

सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनुका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसारपसारमा समेत उच्च निगरानी गर्न आफूहरू अग्रसर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *