कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । काँग्रेसको विरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीहरू अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औँला ठड्याउने काम भइरहेको बताए । उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे ।

अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर विरोध जनाएपछि बैठक मङ्गलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *