मतदानको महत्व बुझाउन इलाम–२ मा किरियापुत्रीले गरे मतदान

इलाम । इलाम क्षेत्र–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा एक किरियापुत्रीले मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले शनिवार मतदान गरेका हुन् ।

खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरे ।

उनले अरू मतदातालाई मतदानको महत्त्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको बताए ।

आज भइरहेको उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचन भइरहेको हो ।

शनिबार विहानदेखि नै इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *