जसपा फेरि फुट्यो, लावतीको नेतृत्वमा बन्याे पहिचानवादी मोर्चा

नयाँ दल बनेको साता नबित्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि उपेन्द्र यादवको नेतृत्वबाट अलग भएको हो।

अशोक राईको नेतृत्वमा एकसाता अघि फुटेर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो। तर एक वर्षपछि पुनः अलग भएको हो।

केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा डा महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छटन्।

उनीहरूले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाएका छन्।

त्यही कारण दुवै जसपा छोड्दै हामीले आफ्नो लक्ष्य र उद्देश्यका लागि छुट्टै अगाडि बढ्ने प्रण गरेको माखिमले बताए।

मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा रहेका पहिचानवादी दल, संगठन, अभियन्ता सबैलाई एकतावद्ध हुन आह्वान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *