वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ‘ए’ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको हो ।

वेस्टइन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाए । भने, ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए ।

त्यस्तै, किची कार्टीले २६ बलमा ३८ रन जोडे । आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे ।

साथै, बलिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरि, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट लिए ।

नेपालको टोली :

कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

वेस्ट इन्डिज ए :

जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *