पारसको चेतावनी – सन्दीपको विषयमा मेरो चरित्र हत्या गर्नेलाई कानुनी दायरामा ल्याउँछु

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो केहि समय यता सामाजिक संजालमा आफ्नो चरित्र हत्या गरिएको बताएका छन्।

बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

नेपालको कानुनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट नदिएको उनले बताएका छन्। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको समेत उल्लेख गरेका छन्।

‘नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतस् सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ। यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु’, पारसले भनेका छन्।

नेपाली क्रिकेटप्रतिको निस्वार्थस् भावना र यसको विकास, विस्तार प्रतिको अठोटमा कदापि पनि परिवर्तन नआउने समेत उनको संकल्प छ। क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले आफ्नो मुद्दामा सुनुवाइ ढिला भएपछि र विश्वकप खेल्नबाट बञ्चित भएपछि असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा लेखेका थिए।

सन्दीपले आफू षड्यन्त्रको सिकार भएको समेत बताएका छन्। आफूलाई फसाउन षड्यन्त्र गर्नेहरुको नाम सार्वजनिक गर्ने सन्दीपले चेतावनी दिएका छन्।

सन्दीपको उक्त चेतावनीपछि पारस खड्काको नाम नै तोकेर सामाजिक सञ्जालमा आलोचना भएपछि सचिव खड्काले स्पष्टिकरण दिँदै उल्लेख गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *