घटना घटेको होइन, घटाइएको हो : सन्दीप लामिछाने

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने लामिछानेको भनाइ छ। ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको भनाइ छ ।

पछिल्लो पटक लगातार तीन पटक उनको मुद्दामा पेसी तोकेर पनि उच्च अदालतले सुनुवाइ गरेन । उच्च अदालतले सुनुवाइ नगर्दा सन्दीपले सर्वोच्च अदालत जाने वा सफाइ पाउने भन्ने मौका पाएका छैनन् ।

यही बिचमा विश्वकपका लागि नेपाली टोलीको घोषणा भयो र बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप टोलीमा अटाएनन् । अदालतले सुनुवाइ ढिला गर्दा विश्वकप खेल्ने सपनामा चोट परेपछि उनले एक पछि अर्को स्टाटसमार्फत आक्रोश र पीडा व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *