आयोगले खोल्यो ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन (सूचनासहित)
मकालु खबर
२०८१ वैशाख १५ गते
काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई(मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइनबाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
मकालु खबर
२०८१ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित