बाइक अनियन्त्रित भएर खस्दा सुन व्यवसायीको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पालुङटार नगरपालिका-१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसो गोरखा आँबुखैरनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका-११ को चौधकिलोमा गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका-७ नयाँ साघुतर्फ जाँदै गरेको ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर भएका उनको उपचारको क्रममा जिल्ला अस्पतातल गोरखाबाट रिफर गर्ने तयारी गर्दा गर्दै जिल्ला अस्पतालमा गोरखामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । मृतक गहतराज पालुङटार नगरपालिका-१० मिरकोट धौखोलका स्थायी बसोबासी भएता पनि केही वर्षदेखि सिरानचोक गाउँपालिका-७ नयाँ साघुमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए ।

मृतकका श्रीमती सीता गहतराज भने जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *