एकल महिलाको बीभत्स हत्यापछि लुटपाट

काठमाडौँ । झापामा एकल महिलाको बीभत्स हत्यापछि लुटपाट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको हो ।

मङ्गलवार राति १२ बजेतिर लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेका हुन् ।

रातिको समयमा होहल्ला भएपनि गाउँले उठेर हेर्दा शान्त भएको, तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ । यस घटनाको बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ ।

लुटपाटपछि हत्या गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *