नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् उनले भने,‘प्रष्ट रुपमा हामीले भन्न सकाँै । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो ।’

उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए ।

उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए ।

उनले भने– ‘देशलाई अघि बढाउनका लागि हो । त्यो उपभोगमा खर्च गर्ने होइन, लगानीमा खर्च गर्नेगरी, परिवारले अहिले मिठो खाने मात्रै होइन, भोलिको भविष्य सुनिश्चित गर्नेगरी लगानीमा प्रोत्साहन गर्न राज्यले प्रतिफल नदिएसम्म बैंकले ब्याज दिने, प्रतिफल दिएपछि मुनाफा वितरण गर्ने यो ढंगबाट राज्यले प्रोत्साहित गरे मान्छेले पैसा सञ्चय गर्न थाल्छन् ।’

अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरुको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *