पर्यटन बाेर्डकाे सीईओ छनाेट प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज पर्यटन बाेर्डकाे सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न/नगराउन अल्पकालीन आदेश जारी गरेको हो । सीईओ छनोट गर्न बनेको उपसमिति अवैधानिक रहेको भन्दै बोर्डका कर्मचारीले उच्च अदालतमा रिट दिएका थिए ।

बोर्डकाे सीईओका लागि समितिले १६ जनाको नाम ‘शर्टलिस्ट’ मा राखेर सार्वजनिकसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *