पे वेलका प्रमुख कार्यकारी अधिकृत पक्राउ

डिजीटल भुक्तानी गर्ने कम्पनी पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी सोमेन्द्र सिंह राठौरले बताए।

श्रेष्ठको घर सुनसरीको ईनरुवा हो। उनले क्यानडा पठाउँछु भनेर ६८ लाख २० हजार ठगी गरेको उजुरी परेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *