बाइक अनियन्त्रित भएर खस्दा श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *