मन्त्रीपरिषद् बैठक

सरकारले विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने

काठमाडौँ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सो प्रस्ताव पारित गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी बैठकले सांस्कृतिक संस्थानको सङ्कलक पदमा काठमाडौँकी पूजा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रस्तावलाई श्रेष्ठलाई ४ वर्षका लागि सो संस्थापनको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको बताइन् ।

त्यसैगरी मन्त्रीपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूची स्वीकृत पनि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताइन् ।

कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फ्र्रैक बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ ।

मन्त्री शर्माले भनिन् ‘अर्थ मन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फैक बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ । त्यसैगरेर अर्थ मन्त्रालयको अर्को प्रस्तावमा कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अनुदान अमेरिकी डलर ९.८ मिलियन अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय पनि भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूची प्रस्ताव स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने पनि निर्णय भएको छ । र, गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्नेगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भन्ने पनि निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौँ निवासी श्री पूजा श्रेष्ठलाई ४ वर्षका लागि मनोनयन गर्ने भनेर निर्णय भएको छ ।

सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९.८ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *