गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : भगवती चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन् । पत्रकारिता पेसामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमिकरणमा पनि जोडिएर आएको बताइन् ।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेसा भएको बताइन् । उनले पत्रकारिता पेसालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन् ।

मन्त्री चौधरीले भनिन्  ‘पत्रकारिता पेसामा दुःख चाहिँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईँहरूकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईँहरू यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरू उहाँको विषयमा उठेको अवस्था छ । यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेसा नराम्रो होइन । त्यसो त यो सम्मानित पेसा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेसाको रुपमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *