पीआर लिएको भन्दै विकल पौडेलविरुद्ध अर्को मुद्दा दर्ता

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।

गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकाको पीआर लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएकै अवस्थामा झुटो विवरण उपलब्ध गराएर कानुनविपरित सार्वजनिक पदमा बसेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

२०८० वैशाखमा मुद्दा दायर भएका विकल पौडेलले भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा गत माघ १० गते अख्तियारले उनलाई निवासबाटै नियन्त्रणमा लिएको थियो । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *