पाल्पा र मकवानपुरमा २ जना डुबेर मृत्यु

काठमाडौँ । मकवानपुर, बकैया गाउँपालिका–६ टिकुलेटोल बस्ने चौरे स्याङतानको छोरा ६ वर्षीय संदिप स्याङतानको सोही ठाउँस्थित बकैया खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै पाल्पा, तिनाउ गाउँपालिका–१ र रैनादेवी छहरा गाउँपालिका–६ को सिमानामा रहेको बिउरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तिनाउ गाउँपालिका–१ ठुली उदाङ बस्ने १९ वर्षीया सपना सोमरेको शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *