युएईविरुद्ध नेपालका दुबै ओपनर आउट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले दुबै ओपनर गुमाएको हो ।

ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए । उनलाई यूएईका जुनैद सिद्दिकीले आउट गरेका हुन् ।

दोसो विकेटका रुपमा अर्का ओपनर आफिस शेख आउट भए । शेख ११ बलमा एक छक्काको मद्दतले ८ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *