छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगा, चम्पादेवी गाउँपालिका–७ जोखरिया दुम्सेखोलास्थित सडकमा ओखलढुंगाबाट बिलन्दुतर्फ जाँदै गरेको लु.३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सिद्विचरण नगरपालिका–७ बस्ने २१ वर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।

त्यस्तै उदयपुर, उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा चितवनबाट इटहरीतर्फ जाँदै गरेको ग.१ ख ४७५३ नम्बरको ट्रक मंगलबार राति दुर्घटना हुँदा ट्रक चालक चितवन राप्ती नगरपालिका–६ बस्ने २८ वर्षीय सन्देश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका–१ बैरीयास्थित सडकमा लु.४६ प ४४६९ नम्बरको मोटरसाइकल र लु.३ च ४९०७ नम्बरको गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका–१४ बिक्रमपाब्रा बस्ने १७ वर्षीय सुदिप बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चार नम्बर हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *