१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताए ।

‘अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि । डेढ वर्ष पनि भएको छैन’उनले भने, ‘१५ महिना भित्र लिएँ । तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ ।’

उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे ।

उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए ।

‘मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो’ उनले भने,‘दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली काँग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए ।’

उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे । उनले सरकारको पुनःगठन भइ रहने बताए ।

‘गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो’ उनले थपे,‘तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ । सरकारको पुनःगठन भइ नै राख्छ ।’

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *